काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा मन्त्री श्रेष्ठले प्रणाली निर्माण गरेर निष्ठापूर्वक काम गर्न नवनियुक्त कार्यकारी निर्देशकलाई निर्देशन दिए । उनले मन्त्रालयअन्तर्गतका विभिन्न निकायसँग उच्चस्तरीय समन्वय गरी काम गर्न पनि सुझाव दिए ।
मन्त्री श्रेष्ठले भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कायम मुकाय कार्यकारी निर्देशकका रूपमा सफलतापूर्वक कार्यसम्पादन गरेको भन्दै दीर्घायु कुमार श्रेष्ठलाई धन्यवाद दिए ।
मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया