काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सुविधाका लागि ५ वटा प्रतीक्षा–बेन्च स्थापना गरेको छ ।
बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च स्थापना गरेको हो ।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त बेन्च स्थापना गरिएको हो ।
कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको उपयोगमा आउने प्रतीक्षा–बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिए । उनले यसबाट यात्रु तथा स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष सुविधा पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले आफ्ना सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई पनि प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको बताए ।
स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।
कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधिहरूको उपस्थिति थियो । बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय तथा सर्वसाधारणको सुविधा र आवश्यकतालाई ध्यानमा राखी विभिन्न सामाजिक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया