बढ्यो सुनचाँदीको भाउ, कतिमा भइराखेको छ कारोबार ?

लोकपथ
0
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरेहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?