भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

लोकपथ
0
Shares

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले ३३ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

कर्मचारीबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । रकम जम्मा गरेको रसिद एनसेल आजियाटाका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे पनि उपस्थित थिए ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको छ । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले सहयोग गरिरहेका छन् ।

एनसेलले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?