कमजोर बन्यो जापानी येन, अन्य मुद्राको अवस्था के छ ?

लोकपथ
70
Shares

काठमाडौं । दिनप्रतिदिन मजबुत बनेको जापानी येन आज मंगलबार कमजोर बनेको छ ।

आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

जापानी येन हिजो सोमबारका लागि १० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको थियो । यस्तै, आइतबारका लागि १० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको थियो । शनिबार पनि यही थियो ।

जापानी येन शुक्रबारका लागि १० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको थियो । बिहीबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा तोकिएको थियो । बुधबार जापानी येन १० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा थियो ।

यस्तै, आज चिनियाँ युआन पनि कमजोर बनेको छ । चिनियाँ युआन आज मंगलबारका लागि एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, सोमबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा, आइतबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । शनिबार पनि यही थियो । शुक्रबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको थियो । बिहीबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा थियो ।

केन्द्रीय बैंकका अनुसार थाई भाट आज मंगलबार कमजोर बनेको छ । आज थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

हिजो सोमबारका लागि एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा निर्धारण गरिएको थियो । थाई भाट आइतबारका लागि एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा निर्धारण गरिएको थियो । शनिबार पनि यही थियो ।

थाई भाट शुक्रबार एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा निर्धारण गरिएको थियो । बिहीबार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा थियो ।

राष्ट्र बैंकका अनुसार आज मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । शनिबारदेखि आजसम्म अमेरिकी डलर स्थिर रहेको छ । गत शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको थियो । बिहीबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको थियो । यस्तै, बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको थियो । यस्तै, मंगलबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको थियो । गत सोमबार पनि यही थियो ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७७ पैसा बिक्रीदर ४०६ रुपैयाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?