अत्तरिया । नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
कैलालीको गोदावरी नगर कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो इच्छाअनुसार रकम संकलन गरी उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
संकलित रकम गोदावरी नगर समितिको कार्यालय अत्तरियामा एक कार्यक्रमबीच जम्मा गरिएको हो।
राहत सहयोग घोषणा कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ललित रोकाया, गोदावरी नगर सभापति वीरबहादुर चोखाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
गोदावरी कांग्रेसले केही समयदेखि सञ्चालन गर्दै आएको ‘जसको कोही छैन, उसको नेपाली कांग्रेस छ’ अभियानअन्तर्गत नै उक्त सहयोग गरिएको नगर सचिव योगेश भट्टले जानकारी दिए ।
भट्टका अनुसार नेपाली कांग्रेस केन्द्रको निर्देशन बमोजिम विपद्का समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले पार्टीका नेता तथा कार्यकर्ताहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया