काठमाडौं उपत्यकामा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा श्रद्धापूर्वक मनाइँदै

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत सांस्कृतिक एवं ऐतिहासिक पर्व गाईजात्रा हर्षोल्लासका साथ मनाइँदैछ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको पुण्य स्मृतिमा यो पर्व मनाउने गरिन्छ ।

आज बिहानैदेखि दिवङ्गत पितृहरूको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने कार्य भइरहेको छ ।

यस पर्वका क्रममा मृतकका परिवारजनले गाई वा गाईको प्रतिकका रूपमा मानिस (विशेषगरी बालबालिका) लाई विभिन्न भेषभूषामा सिँगारेर नगरका विभिन्न भागको परिक्रमा गराउने गर्दछन् ।

यसो गर्नाले दिवङ्गत आत्माले सद्गति प्राप्त गर्ने र यमलोकको यात्रा सहज हुने धार्मिक विश्वास रहिआएको छ । विशेषगरी नेवार समुदायमा यस पर्वको विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्व छ ।

नगर परिक्रमाका क्रममा श्रद्धालुहरूले जात्रामा सहभागीहरूलाई फलफूल, मिठाई, अन्न तथा गच्छेअनुसार दान–दक्षिणा प्रदान गर्ने प्रचलन समेत रहेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न टोल तथा ऐतिहासिक स्थलहरूमा बिहानैदेखि जात्राको विशेष चहलपहल देखिएको छ । यस पर्वले सांस्कृतिक परम्पराको जगेर्ना गर्नुका साथै मृत आत्माप्रति श्रद्धा प्रकट गर्ने एक महत्वपूर्ण माध्यमका रूपमा निरन्तरता पाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?