भोटेकोशी बाढी अपडेट : बेपत्तामध्ये ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

लोकपथ
42
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा गत १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६१६ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीपछि बेपत्ता भएकामध्ये ६१६ जनाको शव विभिन्न स्थानबाट फेला परेको जनाएको हो ।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ ।

यस्तै, बाढी प्रभावित विभिन्न स्थानबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन् ।

बाढीपछि बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?