रसुवाका बाढी प्रभावितको उद्धारलाई पहिलो प्राथमिकता दिन रविको आग्रह

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन् ।

लामिछानेले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई विपद्को समयमा संयमित र जिम्मेवार भएर उद्धार तथा राहतमा सहयोग गर्न आग्रह गरेका हुन् ।

बाढीको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र जोखिमपूर्ण क्षेत्रमा नबस्न उनले अनुरोध गरेका छन् । साथै, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

विपद्सम्बन्धी सूचना सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय र विश्वसनीय सञ्चारमाध्यमबाट मात्र लिन र सामाजिक सञ्जालमा अप्रमाणित सूचना, हल्ला तथा अफवाह नफैलाउन पनि आग्रह गरिएको छ ।

स्थानीयदेखि केन्द्रीय तहसम्मका पार्टीका सदस्यलाई प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी काममा सक्रिय हुन लामिछानेले अपिल गरेका छन् ।

विपद्को समयमा नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोगलाई मुख्य प्राथमिकतामा राख्न उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?