काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (जनपद) पदको खुला प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । परीक्षामा उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारलाई नियुक्ति तथा सम्पर्कका लागि बोलाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनअनुसार सञ्चालन गरेको सक्षमता परीक्षण तथा अन्तर्वार्तामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रमका आधारमा अन्तिम नतिजा प्रकाशन गरेको हो ।
नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारलाई आवश्यक कागजातसहित उपस्थित हुन प्रहरीले सूचित गरेको छ । उम्मेदवारले प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका सक्कल प्रमाणपत्र र त्यसका दुई–दुई प्रति प्रतिलिपि तथा पासपोर्ट साइजका चार प्रति फोटो लिएर उपस्थित हुनुपर्नेछ ।
उनीहरूलाई भदौ १५ गते सोमबार बिहान १० बजे नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाडौंमा उपस्थित हुन भनिएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया