पोखरा पुगे प्रधानमन्त्री बालेन

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाह निजी भ्रमणका क्रममा शुक्रबार पोखरा पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री शाहको पोखरा र मुस्ताङ भ्रमण विशुद्ध निजी रहेको जानकारी दिएको हो ।

प्रधानमन्त्री शाह भ्रमणका क्रममा माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित ‘अन्नपूर्ण इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ ।

पोखराबाट करिब साढे ४ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।

प्रधानमन्त्री शाहको भ्रमण निजी भएकाले भ्रमणसम्बन्धी थप कार्यक्रम तथा विवरण उनको निजी सचिवालयबाट लिन सकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?