काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह शुक्रबार पोखरा भ्रमणमा गएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री साह माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।
पोखरा बजारबाट करिब साढे ४ किलोमिटरको दूरीमा रहेको उक्त रिसोर्टबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।
प्रधानमन्त्री साहको पोखरा भ्रमणको औपचारिक उद्देश्य र प्रयोजनबारे भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया