नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त

लोकपथ
7
Shares

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१०) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

कार्की २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?