रास्वपाको माग– ‘स्थानीय चुनावमा विदेशमा रहेकाहरुले भोट हाल्न पाउनुपर्‍यो’

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरुले आगामी स्थानीय तहको निर्वाचनमा मतदात गर्न पाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले रास्वपाको क्यान्डिडेट क्लवमा विश्वभरीका पार्टी कार्यकर्तामार्फत उम्मेदवार चयन गर्ने प्रक्रियाको शुभारम्भ भएको उल्लेख गर्दै प्रवासमा रहेका नागरिकले समेत आउँदो स्थानीय तहको निर्वाचनमा मत हाल्न पाउनुपनेृ बताए ।

महामन्त्री आचार्यले विदेशमा रहेका नागरिकको नोट चल्ने तर भोट नचल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने पार्टीको नीति रहेको समेत बताए ।

आचार्यले स्थानीय तहको निर्वाचनमा संसारभर रहेका नेपाली नागरिकले मतदान गर्ने कुराको सुनिश्चित हुनेगरी काम गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘हामी चाहन्छौँ यो पटकको स्थानीय तहको निर्वाचनमा संसारभरका प्रवासी नेपालीहरुले भोट हाल्न पाउन् । त्यसका लागि जे जे कानूनी कामहरु गर्नुपर्नेछ त्यसको शुरु गरौँ । त्यसको प्राविधिक पाटो अझ बढी पेचिलो हुन्छ । हामीले भन्ने गरेका छौँ नोट चल्ने, भोट नचल्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ । त्यसकारण म सभामखुमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । यो पटकको स्थानीय तह निर्वाचनमा प्रवासी नेपालीले भोट हाल्न पाउनुपर्ने कुरालाई प्राथमिकतामा राखेर आजैबाट त्यसको काम शुरु गरियोस् ।’

करिव ४० लाख नेपालीहरू विदेशमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?