इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता नगर्ने ट्रम्पको निर्णय

लोकपथ
21
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता तत्काल रोक्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन् । इरान सम्झौताका लागि तयार नभएसम्म थप छलफल नगर्ने ट्रम्पको निर्णय रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिका र इरानबीच यसअघि सकारात्मक छलफल भइरहेको थियो । तर, ट्रम्पले थप वार्ता सुरु गर्नुअघि केही समय पर्खिने निर्णय गरेका छन् । मध्यस्थकर्ताहरू भने दुई देशलाई फेरि वार्ताको टेबलमा ल्याउने प्रयासमा छन् ।

यसैबीच, ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भू–भागजस्तो देखाइएको नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उक्त नक्सामा होर्मुज स्ट्रेटसँगै इरान, ओमान र संयुक्त अरब इमिरेट्सका केही क्षेत्रसमेत देखाइएको थियो ।

इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज स्ट्रेटलाई अमेरिकाको हिस्सा भन्नु भ्रम भएको बताएका छन् ।

ट्रम्पले होर्मुजमा अमेरिकी नौसैनिक नाकाबन्दी अझै जारी रहेको दाबी गरेका छन् । उनले होर्मुज खुला रहेको र जहाजहरू आवतजावत गरिरहेको बताएका छन् ।

तर, इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म इरानले होर्मुज नखोल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?