काठमाडौं । फोनपेले जीवीसँग साझेदारी गर्दै ‘चेकआउट बाई फोनपे’ सेवा जीवीमा सुरु गरेको छ । यससँगै जीवीबाट अनलाइन सामान खरिद गर्ने ग्राहकले फोनपेमार्फत छिटो र सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन् ।
अब जीवीमा सामान खरिद गर्दा भुक्तानीको समयमा ‘चेकआउट बाई फोनपे’ छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्न सकिनेछ । यसले अनलाइन सामान खरिद गर्ने प्रक्रिया थप सरल बनाउने कम्पनीले जनाएको छ ।
सेवा सुरु भएको अवसरमा फोनपे र जीवीले ग्राहकका लागि २० प्रतिशत क्यासब्याकको अफर पनि ल्याएका छन् । यसअन्तर्गत अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ । अफर अगस्ट १८ देखि अगस्ट ३१, २०२६ सम्म लागू हुनेछ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जीवीसँगको साझेदारीले अनलाइन किनमेल गर्ने ग्राहकलाई थप सहज भुक्तानी अनुभव दिने बताए । उनले नेपालमा बढ्दो विद्युतीय व्यापारसँगै डिजिटल भुक्तानीलाई अझ सरल बनाउन यो साझेदारी महत्वपूर्ण रहेको बताए ।
फोनपेले थप व्यापारी, वित्तीय संस्था र विद्युतीय व्यापारिक मञ्चमा ‘चेकआउट बाई फोनपे’ सेवा विस्तार गर्दै अनलाइन भुक्तानीलाई सहज, सुरक्षित र छिटो बनाउने लक्ष्य लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया