काठमाडौं । बैंकहरुले सवारीसाधन खरिद गर्न चाहनेहरुका लागि आकर्षक ब्याजदरसहित अटो लोन स्कीमहरु सार्वजनिक गरिरहेका छन् ।
भर्खरै सकिएको नाइमा अटो शोका लागि त बैंकहरुले सस्तो ब्याजदरमा अटो लोन दिने होड नै चल्यो ।
चाडपर्व समेत नजिकिँदै जाँदा बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याइरहेका छन् ।
यही क्रममा सरकारको पूर्ण स्वामित्व रहेको नेपाल बैंक लिमिटेडले सस्तो ब्याजदरमा अटो लोन दिने स्कीम सार्वजनिक गरेको छ । आगामी भदौ ९ गतेदेखि काठमाडौंमा सुरु हुने नाडा अटो शोलाई लक्षित गरेर बैंकले अटो लोन सुविधा सार्वजनिक गरेको हो ।
बैंकका अनुसार ५ प्रतिशत ब्याजदरमा नै अटो लोन उपलब्ध गराइनेछ । त्यसो त यसअघि ग्लोबल आइएमई बैंकले भर्खरै सम्पन्न नाइमा अटो शोलाई लक्षित गरेर ५ दशमलव २५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको थियो ।
नेपाल बैंकले उपलब्ध गराएको ५ प्रतिशत ब्याजदरको अटो लोनको अवधि ५ देखि ७ वर्षसम्म राखिएको छ । बैंकका देशभर रहेका सबै शाखा कार्यालयहरुबाट कर्जा प्रवाह हुने बैंकले जनाएको छ । आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि लोन स्वीकृत हुने बैंकले जनाएको छ ।
उक्त कर्जा योजना अन्तर्गत ६० प्रतिशत डाउन पेमेन्टमा कर्जा पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया