सरकारले १ हजार करोडको सात वर्षे विकास ऋणपत्र बिक्री गर्दै

लोकपथ
56
Shares

काठमाडौं । नेपाल सरकारले १ हजार करोड रुपैयाँ बराबरको सात वर्षे विकास ऋणपत्र–२०९० बिक्री गर्ने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र बिक्रीका लागि बोलकबोलसम्बन्धी सूचना जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकमार्फत बिक्री हुने यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, कम्पनी तथा अन्य संस्थाले लगानी गर्न सक्नेछन् ।

ऋणपत्रको बोलकबोल विद्युतीय प्रणालीमार्फत हुनेछ । इच्छुक लगानीकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विद्युतीय बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

सात वर्ष अवधिको यस ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । कार्यालयले इच्छुक लगानीकर्तालाई तोकिएको नियम र प्रक्रियाअनुसार बोलकबोलमा सहभागी हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?