बीवाईडीका गाडीमा एनसेलको आईओटी सिम, अब गाडीमै इन्टरनेट सुविधा

लोकपथ
14
Shares

काठमाडौं । एनसेल र नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापछि नेपालमा बिक्री हुने बीवाईडीका नयाँ गाडीमा एनसेलको आईओटी सिम जडान गरिनेछ ।

आईओटी सिमका कारण गाडीमा छुट्टै उपकरण, मोबाइल हटस्पट वा फोन कनेक्ट नगरी इन्टरनेट चलाउन सकिनेछ । यसबाट बीवाईडी एपसँगै गाडीमा उपलब्ध विभिन्न डिजिटल तथा मनोरञ्जनका सुविधा प्रयोग गर्न सहज हुनेछ ।

ग्राहकले गाडीको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायतका अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् । साथै, इन्टरनेट कनेक्टिभिटीका कारण नेभिगेसनलगायतका सुविधा पनि सहज रूपमा प्रयोग गर्न सकिनेछ ।

यो सुविधा नयाँ बीवाईडी गाडी खरिद गर्ने ग्राहकमा मात्र सीमित हुने छैन । यसअघि नै बीवाईडी गाडी प्रयोग गरिरहेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक सर्भिस सेन्टरमध्ये आफूलाई पायक पर्ने स्थानमा गएर एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन् ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो सहकार्यले बीवाईडी गाडीमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीलाई थप सहज बनाउने बताए ।

ग्राहकले पाउने कनेक्टिभिटी प्लान, त्यसको अवधि र शुल्क भने गाडी तथा सेवा प्याकेजअनुसार फरक हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?