सिद्धार्थ बैंकको ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

लोकपथ
7
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले मंगलबारदेखि शेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

बैंकका अनुसार बिक्रीमा रहेको कुल शेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता शेयरखरिदमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएको छ । उनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस्तै, ३ लाख ११ हजार ६४३ कित्ता शेयर भने सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउनेछन् । यसका लागि इच्छुक लगानीकर्ताले पनि ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नआएमा बाँकी शेयरअन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको कित्ता संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन बुझाउनुपर्नेछ ।

बैंकले संस्थापक शेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?