काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ ।
सोमबार सर्वोच्च अदालतले श्रेष्ठलाई हिरासत मुक्त गरी उनको कार्यालयबाट बरामद गरिएका विद्युतीय सामग्री फिर्ता गर्न आदेश दिएको हो ।
किशोर श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दिएको बन्दी प्रत्येक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले छाड्न आदेश दिएको हो ।
गत साउन २७ गते जनआस्थामा छापिएको समाचारको विषयलाई लिएर प्रहरीले पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उनले आजै जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरेको थियो ।
यस्तो छ आदेश :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया