काठमाडौं । नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो छुट्टै ठाउँबाट खाना पकाउने एलपी ग्यास बिक्री नगर्ने भएको छ ।
आज सोमबारदेखि उपभोक्ताले सम्बन्धित ग्यास उद्योगले तोकेका विक्रेतामार्फत नियमित प्रक्रियाबाट ग्यास किन्न सक्नेछन् ।
निगमले शनिबार पाँच ठाउँ र आइतबार सात ठाउँबाट ग्यास बिक्री गरेको थियो । अब भने उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरेर ग्यास लिन आग्रह गरिएको छ ।
नजिकको विक्रेताबाट ग्यास नपाएमा र तत्काल ग्यास आवश्यक परेमा निगमको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सकिनेछ । त्यसका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बरमा फोन गर्न सकिने निगमले जनाएको छ ।
ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउन निगमले उद्योग र विक्रेताका लागि नयाँ व्यवस्था लागू गरेको छ । ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डरको संख्या बिहान ९ बजेसम्म निगमलाई जानकारी गराउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया