काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ ।
पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले गैरकानुनी थुनामा राखिएको भन्दै बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्् ।
प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट पक्राउ गरेको थियो । उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो ।
म्पादक श्रेष्ठलाई बिहीबार नै काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया