बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
गएरातिदेखि परेको लगातार वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोमा परी दुई जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।
त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातार वर्षा भइरहेकाले घाइतेको उद्धार तथा बेपत्ता व्यक्तिको खोजीमा कठिनाइ भइरहेको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा बेपत्ता व्यक्तिको खोजी गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया