काठमाडौं । पश्चिमी कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् ।
भूकम्पका कारण विभिन्न सहरमा भवनहरू भत्किएका छन् । अस्पतालसहित अन्य महत्वपूर्ण संरचनामा पनि क्षति पुगेको जनाइएको छ । केही मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
कोलम्बियाका नवनियुक्त राष्ट्रपति अबेलार्दो दे ला एस्प्रियेलाले राष्ट्रिय आपत्काल घोषणा गरेका छन् । उनले भग्नावशेषमा फसेका मानिसको उद्धारलाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प ७.४ म्याग्निच्युडको थियो । यसको केन्द्र जमिनको करिब १०७ किलोमिटर गहिराइमा रहेको थियो । कोलम्बियाको भूगर्भ सेवा संस्थाका अनुसार यो २१औँ शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।
भूकम्पको केन्द्रनजिक रहेको चोको क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन ढिलाइ भइरहेको छ । चोकोमा मात्रै १२ जनाको मृत्यु र ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया