बसले ठक्कर दिँदा सुनकोशीमा खस्यो कार, चार जना बेपत्ता

लोकपथ
112
Shares

काठमाडौं । सुनकोशी नदीमा कार खस्दा कारमा रहेका चार जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना पर्ने लिखु खोलानजिक सडकमा रोकिएको कारलाई बसले ठक्कर दिएको थियो। त्यसपछि कार सुनकोशी नदीमा खसेको हो ।

कारका धनी मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाका ठेकेदार दीलकुमार लामासहित चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दा उद्धारका लागि घटनास्थल पुगेका छन् । तर सुनकोशी नदीमा आएको ठूलो भेलाका कारण उद्धार गर्न कठिनाइ भइरहेको छ ।

हालसम्म कारमा रहेका कोही पनि बाहिर निस्किएका छैनन् । बेपत्ता चारै जनाको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?