काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मृतकका आफन्तलाई भेट्न र जिल्लाको पछिल्लो अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरुबाट जानकारी लिन अहिले केहीबरेमा सिरहा जाने भएका छन् ।
बिहीबार राति सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर गरेपछि विराटनगर पुगेका उनी त्यतैबाट सिरहा जाने भएका हुन् । उनी हिजो साँझ मात्रै सुनसरी पुगेका थिए ।
सिरहामा हिजो बिहीबार प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया