राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र २ आयुक्त नियुक्त

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निर्वाचन आयुक्तसहित २ आयुक्तलाई नियुक्त गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की (मोरङ) लाई नियुक्त गरेका हुन् । यसैगरी निर्वाचन आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं) लाई नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुको सिफारिस गरेको थियो ।

बुधबार तीनै जनाको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको थियो ।

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई प्रधानन्यायाधीश मनोज शर्माले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । नियुक्ति लगत्तै सर्वोच्च अदालतमा आयोजित एक विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त कार्कीलाई शपथग्रहण गराइएको थियो ।

शपथग्रहणपछि कार्कीले निर्वाचन आयुक्तहरुलाई शपथ ग्रहण गराएका हुन् ।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको पदावधि सकिएपछि रामप्रसाद भण्डारीलाई कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?