इरानमाथि कडा प्रहार गर्ने ट्रम्पको चेतावनी

लोकपथ
7
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको पछिल्लो आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले इरानमाथि ‘कडा’ प्रहार गर्ने चेतावनी पुनः दोहोर्‍याएका छन् ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अब अमेरिकाको जवाफी कारबाही गर्ने समय आएको भन्दै इरानमाथि कडा सैन्य प्रहार गरिने बताएका हुन् ।

उनले इजिप्टमा अमेरिकाको स्वामित्वमा रहेको एक तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) वाहक जहाजमाथि आक्रमण भएको जानकारी आफूले प्राप्त गरेको पनि उल्लेख गरे ।

यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूले सामुद्रिक गुप्तचरी संस्था एम्ब्रेलाई उद्धृत गर्दै इजिप्टको एक बन्दरगाहमा भएको ड्रोन आक्रमणका कारण दुईवटा प्राकृतिक ग्यास वाहक जहाजमा आगलागी भएको जनाएका छन् । उक्त घटनामा कम्तीमा एउटा जहाजमा प्रत्यक्ष क्षति पुगेको बताइएको छ ।

यद्यपि, एम्ब्रेले आक्रमणमा संलग्न पक्षको पहिचान सार्वजनिक गरेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?