राहदानी सेवा आजदेखि दुई सिफ्टमा, बिहान ७ देखि राति ९ बजेसम्म

लोकपथ
105
Shares

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै आजदेखि विस्तारित समय तालिका लागू गरेको छ । अब विभाग बिहान ७ बजेदेखि राति ९ बजेसम्म खुला रहने भएको छ ।

विभागले सूचना जारी गर्दै बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि राति ९ बजेसम्म दोस्रो सिफ्टमा राहदानी सेवा उपलब्ध गराइने जनाएको छ ।

यो विशेष समय तालिका साउन २२ गते शुक्रबारसम्म लागू रहने विभागले जनाएको छ । त्यसपछि, अर्थात् साउनको अन्तिम सातादेखि भने विभाग नियमित समयअनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

यसबीच पर्ने साउन १५ र १७ गतेका सार्वजनिक बिदाका दिन पनि विभाग बन्द नहुने भएको छ । ती दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राहदानी सेवा प्रदान गरिने विभागले जनाएको छ ।

विभागले सेवाग्राहीलाई आफ्नो आवश्यकताअनुसार समय मिलाएर सेवा लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?