निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

लोकपथ
14
Shares


काठमाडौं ।
  सरकारले निर्वाचन आयोगमा प्रस्ताव गरेका दुई आयुक्तको आज संसदीय सुनुवाइ हुँदैछ । 

प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की, प्रस्तावित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र राजीब सुब्बाको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

संवैधानिक परिषद्को गत असार १९ को बैठकले कार्कीलाई प्रमुख आयुक्त, वाग्ले र सुब्बालाई आयुक्तमा नियुक्ति सिफारिस गरेको हो । 

संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । उनीहरूले आ-आफ्ना कार्ययोजना पेस गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?