सुनसरीमा हटाइयो कर्फ्यु, निषेधाज्ञा भने यथावत्

लोकपथ
21
Shares

इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज घटनापछि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १२ गते आज राति १२ः१५ बजेदेखि इनरुवा नगरपालिका–३ र ६ को सीमा (घोपाली टोल)देखि कोशी ब्यारेज पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण दुई सय मिटर क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश हटाइएको हो ।

यसअघि सो क्षेत्रमा सोमबार राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाइने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु हटाएको जनाएको छ । यद्यपि, जिल्लाका केही संवेदनशील क्षेत्रमा यसअघि जारी गरिएको निषेधाज्ञा भने यथावत् रहेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?