भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुरमा विद्यालय भवन बन्दै

लोकपथ
0
Shares

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ ।

भारत सरकारको १.९ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन बन्न लागेको हो ।

आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् ।

यो उच्च प्रभाव सामुदायिक विकास परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ ।

भारत सरकारको आर्थिक सहयोगमा बन्न लागेको उक्त परियोजना ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?