हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीको सामूहिक राजीनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्य मन्त्री डा.दिनेशचन्द्र देवकोटा, वन तथा वातावरण मन्त्री किरण थापा, श्रम, रोजगार तथा यातायात मन्त्री भरतबहादुर केसी, युवा तथा खेलकुद मन्त्री मधुसूदन पौडेल र कृषि तथा पशुपन्छी विकास मन्त्री जयराम थापा रहेका छन् ।
एमालेले सरकारबाट बाहिरिने निर्णयसँगै पार्टीका तर्फबाट सरकारमा रहेका सबै मन्त्रीले सामूहिक रूपमा पद त्याग गरेका हुन् ।
राजीनामापछि बागमती प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण र मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया