काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी टोली विराटनगर किंग्सले आफ्नो आधिकारिक टुर एन्ड ट्राभल पार्टनरका रूपमा रुप्से होलिडेजलाई आबद्ध गरेको छ ।
नेपालको पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको रुप्से होलिडेजले विराटनगर किंग्ससँग सहकार्य अघि बढाएको हो ।
यस साझेदारीले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न तथा खेलकुदमार्फत नेपालको पर्यटन क्षेत्रलाई थप चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । खेलकुद र पर्यटनबीचको सम्बन्धलाई मजबुत बनाउँदै नेपालको पहिचान अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य सहकार्यको रहेको कम्पनीले जनाएको छ ।
ट्राभल तथा टुर क्षेत्रमा सक्रिय रुप्से होलिडेजले अन्तर्राष्ट्रिय भ्रमण प्याकेज, चार्टर उडान, कर्पोरेट ट्राभल, माइस पर्यटन तथा विशेष भ्रमण व्यवस्थापनलगायतका सेवा प्रदान गर्दै आएको छ ।
विराटनगर किंग्ससँगको साझेदारीलाई कम्पनीले नेपाली खेलकुद र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने अवसरका रूपमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया