माछापुच्छ्रे बैंकको सिनियर डीसीईओमा अर्याल र डीसीईओमा जमरकटेल

लोकपथ
28
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा क्रमशः प्रसिद्धराज अर्याल र सुभाष जमरकटेल नियुक्त भएका छन् ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले व्यवस्थापकीय नेतृत्वको महत्वपूर्ण जिम्मेवारीमा अर्याल र जमरकटेललाई जिम्मेवारी दिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रमा लामो समय बिताएका अर्यालले काठमाडौं विश्वविद्यायबाट व्यापार प्रशासन संकायमा स्नातकोत्तर गरेका छन् । सिनियर डीसीईओ बनेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रको अनुभव रहेको छ ।

२० दशक भन्दा बढी समय वित्तीय क्षेत्रमा बिताएको अनुभव भएका अर्यालसँग यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका विभिन्न पदमा रही काम गरिसकेका छन् ।

यसैगरी माछापुच्छ्रेको डीसीईओ बनेका जमरकटेल अनुभवी चार्टर्ड एकाउन्टेन्टका रुपमा परिचित छन् ।

लामो समय बैंक तथा वित्तीय क्षेत्रमा काम गरेका जमरकटेलले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक उधाधि हासिल गरेका हुन् ।

त्यति मात्र होइन जमरकटेलले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डबाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका हुन् ।

अर्याल र जमरकटेल दुवैं बैंक तथा वित्तीय क्षेत्रका अनुभवी कर्मचारीको छवी बनाएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?