एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर, कस्तो छ अहिले स्वास्थ्य अवस्था ?

लोकपथ
350
Shares

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ ।

नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती मिरालाई क्यान्सर भएको जानकारी दिएका हुन् ।

नेता पोखरेलले भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै उपचारमा खटिनुपरेकाले देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमती मिरा पोखरेल ९ध्वोजु० क्यान्सरको उपचारमा रहनुपरेको र म स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष जोडिनु परेका कारण यसबिच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष जोडिन नसकेको सबैमा जानकारी गराउन चाहन्छु । उपचारको क्रम अझै जारी रहने भएका कारण मेरो उपस्थिति र गतिविधि अझै प्रभावित रहने कुरा पनि जानकारी गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?