गोरखा प्रशासनलाई गृहमन्त्रीको निर्देशन : ‘नागरिकता वितरणमा ढिलाइ नगर्नू’

लोकपथ
7
Shares

गोरखा । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रशासन कार्यालय गोरखालाई नागरिकता वितरण प्रक्रियालाई थप छिटो, सरल र सेवामुखी बनाउन निर्देशन दिएका छन् ।

शनिबार जिल्ला प्रशासन कार्यालय गोरखाको निरीक्षणका क्रममा उनले नागरिकले अनावश्यक सास्ती भोग्न नपरोस् भन्दै आवश्यक प्रक्रिया पूरा भएका सेवाग्राहीलाई १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री गुरुङले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन कर्मचारीहरूलाई सचेत गराउँदै सेवामा ढिलासुस्ती र झन्झट अस्वीकार्य हुने बताए । उनले नागरिकता लगायतका अत्यावश्यक सरकारी सेवा छिटोछरितो रूपमा उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।

निरीक्षणका क्रममा उनले सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्रवाहको अवस्था, गुनासो तथा सुझावसमेत सुनेका थिए । साथै, प्रशासन कार्यालयको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधार गर्न पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?