सरकारको विवादित निर्णयबारे रविको जवाफ : ‘नियत हेर्नुस्, आवश्यक परे सुधार हुन्छ’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका निर्णयबाट समस्या आए त्यसलाई सच्याउन सकिने बताएका छन् ।

रौतहटमा विभिन्न राजनीतिक दलका नेतासँगको छलफलमा उनले निर्णयभन्दा नियत महत्त्वपूर्ण हुने बताएका हुन् ।

उनका अनुसार निर्णय गर्दा कहिलेकाहीँ विवाद वा समस्या आउन सक्छ, तर त्यसले जनतालाई हानि गरेमा परिवर्तन गर्न सकिन्छ ।

लामिछानेले किसानको हितका लागि गरिएको निर्णय व्यवहारमा किसानकै विपक्षमा गएमा त्यसलाई तत्काल सुधार गर्नुपर्ने बताए ।

उनले सरकारका निर्णयले अपेक्षित लाभ नदिई हानि पुर्‍याएमा त्यस्ता निर्णय परिवर्तन हुने भएकाले चिन्ता नगर्न आग्रह गरे । साथै, कुनै निर्णय कार्यान्वयनका क्रममा चुनौती आउँदा त्यसलाई गलत ठहर गर्न हतार गर्न नहुने उनको भनाइ थियो ।

उनले कुनै निर्णयले ठूलो क्षति पुर्‍याउने अवस्था आए त्यसलाई तत्काल सच्याउनुपर्ने र दीर्घकालीन उद्देश्यका साथ ल्याइएका निर्णयलाई कार्यान्वयनका लागि केही समय दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?