काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिका–५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् ।
बुधबार रोकी राखिएको भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासि ब्याक भई करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए भने सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा पनि घाइते भएका थिए ।
दुवै बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकोमा साँझ करिब ६स्३० बजे चिकित्सकले कुण्डन घर्तीलाई मृत घोषणा गरेका थिए । घाइते पारस बुढालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ निवासी २१ वर्षीय विकास परियार तथा ट्याक्टरका मालिकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया