काठमाडौं । लागुऔषध मुद्दामा २२ वर्ष सजाय तोकिएका फरार कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नं ३ खुन्ताखानका ४२ वर्षीय दर्जबहादुर तामाङ रहेका छन् ।
तामाङ गत वर्षको भदौ २४ को जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराबाट फरार रहेका थिए । लागुऔषध मुद्दामा २०७४ साल असोज २३ गते पक्राउ परेका उनी २०७४ साल मंसिर २८ कैद कैद सजाय तोकिइ त्यस समयबाट सुन्धारा कारागारमा रहेका थिए ।
जेनजी आन्दोलनका क्रममा अन्य कैदीबन्दीसँगै फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार पक्राउ गरी सोही कारागारमा पठाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया