धोबीघाटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना घाइते

लोकपथ
91
Shares

काठमाडौं । ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा धादिङको धुनिबेसी घर भएका २० वर्षीय रितेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार धादिङकै सातघुम्ती बस्ने २० वर्षीय समिर भुजेल घाइते भएका छन् । उनको पनि मेडिसिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बेलुका करिब ८ बजेतिर बिग्रिएर सडक छेउमा रोकिराखिएको बागमती प्रदेश ०३–००१ ख २०१५ नम्बरको ट्रकमा बा ७५ प ८७० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

घटनापछि ट्रक चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?