शिक्षा अधिकृतमाथि मोविल छर्किने वडा सदस्य पक्राउ

लोकपथ
14
Shares

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१५ मा शिक्षा अधिकृतमाथि मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिकाका वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् ।

प्रहरीका अनुसार बुढाथोकीले असार २७ गते बिहान पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोरामाथि मोविल छर्किएका थिए ।

बोहोराले चलाइरहेको रा. १ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएपछि बुढाथोकी घटनास्थलबाट फरार भएका थिए ।

घटनापछि उनीविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता गरिएको थियो ।

त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सोमबार घोराही सोही उपमहानगरपालिकामै लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?