काठमाडौं । भारतीय नम्बर प्लेटको कारमा लुकाएर लागुऔषध तस्करी गर्ने पाँच जना भारतीय नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय बर्जली पासवान, ३३ वर्षीय अभय कुरार मिश्र, ३३ वर्षीय प्रीतम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय डाँडाको सहयोगमा आइतबार पोखरा महानगरपालिका–३२, मजुवाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट यूपी ५३ एवाई ७७०४ नम्बरको कारमा लुकाएर राखिएको नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगनका १,८०० एम्पुल तथा ट्रामाडोलका ५१० क्याप्सुल बरामद गरिएको छ ।
यसका साथै प्रहरीले उक्त कार र पाँच थान मोबाइल फोन पनि बरामद गरेको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया