जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, २ जनाको उद्धार

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरो खस्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पहिरोले अस्थायी टहरा पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो । घटनामा उनकी छोरी ४० वर्षीया मेनुका शाह थापा र ७ वर्षीया नातिनी टिका थापा घाइते भएका छन् । उनीहरूलाई स्थानीय बासिन्दाले उद्धार गरेका हुन् ।

प्रहरीका अनुसार उक्त टहरा भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट निर्माण गरिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पाँचकटियाबाट प्रहरी सहायक निरीक्षक प्रेम केसीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले घटनास्थल सुरक्षित राख्नुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?