विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र डा.प्रकाशशरण महतबीच भेटवार्ता भएको छ । कोइराला निवास विराटनगरमा पुगेर नेता महतले भेट गरेका हुन् ।
शुक्रबार देउवा पक्षका पूर्वपदाधिकारीहरूको बैठकले साउन ६ गते बीपी स्मृति दिवसको अवसरमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरेको थियो । सो कार्यक्रममा डा.शेखर कोइरालालाई पनि सहभागी गराउने तयारी छ ।
त्यही कार्यक्रमबारे जानकारी दिन डा.महत विराटनगर पुगेको बताइएको छ ।
कांग्रेसभित्र आन्तरिक विवाद चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया