गणेश नेपालीको शव अझै बेवारिसे, परिवारले भन्यो– ‘न्याय नपाएसम्म बुझ्दैनौँ’

लोकपथ
28
Shares

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव परिवारले बुझ्न नमानेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

बिहीबार त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको शुक्रबार दिउँसो वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

वीर अस्पतालका अनुसार परिवारले शव बुझ्न अस्वीकार गरेपछि सुरक्षित रूपमा राख्न शव शिक्षण अस्पताल पठाइएको हो । परिवारले नबुझेसम्म शव अस्पतालको शव संरक्षण (फ्रिज) मा राखिनेछ ।

परिवारले सरकारको लापरबाहीका कारण गणेशले आत्मदाह गर्नुपरेको भन्दै शव बुझ्न अस्वीकार गरेको जनाएको छ ।

यसअघि मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग गणेश नेपालीको विवाद भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?