बुद्धनगरमा ४५ वर्षीय पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार जारी

लोकपथ
420
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा डेरा गरी बस्ने एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

शनिबार बिहान करिब ६स्२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय आत्मदाहका घटनाहरू बढिरहेका छन् । यसअघि त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । उपचारकै क्रममा उनको निधन भएको थियो ।

यस्तै, शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका अर्का एक पुरुषको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

यदि तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति आत्महत्या वा आत्मदाहजस्ता सोचसँग संघर्ष गरिरहेको छ भने, नजिकका परिवार, साथीभाइ वा मानसिक स्वास्थ्य सेवासँग तुरुन्त सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ। समयमै सहयोग पाउँदा यस्ता घटना रोक्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?