काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर लिमिटेड, टंगालबीच विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबबाट उपलब्ध गराइने विभिन्न परीक्षण सेवामा १० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् ।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र किफायती रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।
ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बैंकले यसअघि मेदान्ता, इन्द्रप्रस्थ एपोलोलगायत नेपाल तथा विदेशका प्रतिष्ठित अस्पतालसँग पनि स्वास्थ्य सेवामा विशेष छुटसम्बन्धी सम्झौताहरू गरिसकेको छ ।
यस्ता सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच पुग्ने बैंकको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया