मानवअधिकार आयोगकाे प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसकाे माग

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसमा भएका सिफारिस कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक संस्था मात्र नभई अन्तर्राष्ट्रिय मानव अधिकार प्रणालीसँग पनि जोडिएको महत्त्वपूर्ण निकाय भएको बताए ।

आयोगले संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँग सहकार्य गर्दै नेपालको मानव अधिकार अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउने उनको भनाइ थियो ।

केसीले आयोगका प्रतिवेदन र सिफारिसलाई बेवास्ता गर्नु भनेको आयोगको मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता, विधिको शासन र लोकतान्त्रिक छविको पनि अवमूल्यन हुने बताए ।

उनले हालसम्म आयोगका सिफारिसमध्ये करिब १३ प्रतिशत मात्र कार्यान्वयन भएको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

सांसद केसीले आयोगकी सदस्य लिली थापाले तयार पारेको प्रतिवेदन अझै सार्वजनिक नभएकोमा दुःख व्यक्त गर्दै उक्त प्रतिवेदन छिटो सार्वजनिक गर्न र त्यसका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?